विभेद अन्त्यका लागि तीन महिलाद्धारा महाकाली–मेची साइकलयात्रा

कञ्चनपुर, ७ बैशाख । जातीय विभेदविरुद्ध बुधबारदेखि तीन जना महिला महाकाली–मेची साइकलयात्रा सुरु गरेका छन् । ती महिलाले कञ्चनपुरको गड्डाचौकी नाकाबाट साइकलयात्रा सुरु गरेका हुन् ।

साइकलयात्री रिता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगीता नेपालीलाई सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले यात्राका लागि शुभकामनासहित बिदाइ गरे । २५ दिनपछि मेचीको कन्काई पुगेर समापन लक्ष्य छ । यात्राका क्रममा उनीहरुले जातीय विभेदविरुद्ध सचेतना, गोष्ठी र साहित्यिक गतिविधिहरु गर्नेछन् ।