वायु प्रदूषित शहरमा विश्वकै पहिलो सूचीमा काठमाडौं

काठमाडौं, ५ बैशाख । काठमाडौं शहर वायु प्रदूषणको हिसाबले विश्वमै पहिलो बनेको छ। विश्व भरका प्रमुख शहरहरूको वायु प्रदूषणको मात्रा देखाउने सूचीमा काठमाडौं पहिलो स्थानमा रहेको छ ।

यस सूचीमा थाइल्याण्डको चियाङ माइ शहर दोस्रो स्थानमा छ। त्यसैगरी भारतको कोलकाता बढी वायु प्रदूषण भएको शहर तेस्रो नम्बरमा परेको छ छ।

आईक्यूएयर डटकमले विश्व भरका शहरको वायु प्रदूषणको मात्रा नापेर अनलाइनमार्फत सार्वजनिक गर्ने गर्छ। जसअनुसार आज काठमाडौंको वायु प्रदूषणको तह सबैभन्दा बढी पाइएको छ।

काठमाडौंको आजको वायु प्रदूषणको तह (एयर क्वालिटी इन्डेक्स) सबैभन्दा बढी २०८ छ भने चियाङ माइ​​​​​​को एयर क्वालिटी इन्डेक्स १८३ छ।

यस सूचीमा पाकिस्तानको लाहोर चौथों र बंगलादेशको ढाका पाँचौ नम्बरमा छन्। भारतको राजधानी दिल्ली भने नवौं स्थानमा छ।