नयाँ वर्ष २०८० लाई स्वागत
कैलाली, १ वैशाख । विक्रम सम्वत २०८० आजबाट सुरु भएको छ। नेपालीहरु बैशाष १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ। नयाँ वर्षलाई स्वागत गर्दै एकले अर्कालाई शुभकामना अर्दान प्रदान गर्ने गर्दछन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन्। नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ।













