एक्सरे गर्दा बिरामीको पेटभित्र रक्सीको सीसी

धनगढी, ३० चैत । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक विरामीको पेट भित्र रक्सीको खाली सीसी भेटिएको छ ।
बिरामीको पेटभित्र भोड्का रक्सीको क्वार्टर सायजको खाली सीसी भेटिएको हो ।

उपचारका लागि अस्पताल पुगेका धनगढी उपमहानरपालिका–१४ का ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेमा देखिएको अस्पतालले जनाएको छ । उनको पेटभित्र सीसी कसरी गएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।