साहित्यक महोत्सवमा सुदूरपश्चिमको महिलाका समस्याबारे मन्थन
कैलाली, २६ चैत । टीकापुर साहित्यक महोत्सवमा सुदूरपश्चिमका महिलाहरुले खेपिरहेका समस्या र समाधानबारे मन्थन भएको छ ।
‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयक सन्दर्भमा पूर्व सांसद उमा बादी, पत्रकार उन्नति चौधरी र सामाजसेवी कल्पना भट्टका विचारलाई सहजकर्ता पत्रकार आरती चटौतले खोतलिन ।
उनले ५१ प्रतिशत महिला भएको भूमिमा जस्ले महिलाको सवालबारे छलफल गर्दैन त्यो कार्यक्रम नै फिक्का हुने गरेको औल्याईन् । उनले भनिन् ‘साहित्य जीवन हो । साहित्य दपर्ण हो र साहित्य समाज रुपान्तरणको एक ऐना पनि हो ।’ त्यसैले साहित्य महोत्सवमा महिलाको सवालबारे खुलेरै चार्चा गरौं भन्दै यहाँका महिलाले खेपिरहेका समस्या र समाधानका बाटाहरूमा मन्थन गरेकि हुन् ।
उनले सुदूरपश्चिमको धर्ति महिलाको आँशुले मात्रै होईन महिलाको श्रमले निर्थुक्कै भिजेको अंकित गरिन् । यहाँका महिलाहरुको आँखामा खुशीको आँशु ल्याउन राज्य सयन्त्र हुनुपर्यो । राज्यले महिलाको मुद्दालाईपनि राजनतिक मुद्दा बनाउनु पर्ने निष्कर्ष निकालिन ।
सहजकर्ता चटौतले बादी आन्दोलनका नायके उमादेवी बादीसंग सुदूरपश्चिमका महिलाहरुलाई कहाँ देख्नुहुन्छ ? भन्ने प्रश्न गरेकी थिईन् । सो प्रश्नको जबाफबमा पूर्व सांसद समेत रहेका उमादेवीले आजपनि यहाँका महिलाहरु चरम विभेद सहन बाध्य रहेको बताईन् । उनले यौन शोषणमा परेका महिलाहरुको अवस्था पहिले र अहिलेमा खासै फरक नरहेको बताईन् । सुदूरपश्चिम प्रदेशमा बादी समुदायका चेलीहरु उहि जोखिममा रहेको औल्याईन् ।
यस्तै सामाजिक अभियन्ता कल्पना भट्टले मुठ्ठी दानबाट चलेको दृष्टिफाउण्डेशन जस्ता धेरै संस्थाका सुदूरपश्चिम प्रदेशमा जिवित छन् तर सडक महिलाकोलागि छानो र मानो जोहोगरिदिने दृष्टि फाउण्डेनको आफ्नै कथा रहेको बताईन् ।
उनले यस प्रदेशका नेतृत्व गर्ने राजनेतादेखि जनप्रतिनिधिहरु आफूमाथि ढादस् दिने काम मात्रै बताउँदै यस्ता संस्थाको संरक्षण स्वयम राज्यले नै लिनुपर्ने अनुरोध गरिन् ।
पत्रकार उन्नती चौधरीले सुदूरपश्चिमका महिलाहरु प्रथाजनित कुरिती तथा कुसंस्कारबाट ग्रसित रहेको बताउँदै राज्यले सामाजिक मुद्दालाई पनि नीतिगतरुपले समस्या समाधान गर्नुपर्ने बताईन् ।
साहित्य महोत्सवमा पत्रकार यज्ञशले साहित्यकारहरू नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीलाई ‘पाठकको रोजाइमा उपन्यास नै किन ?’ विषयक छलफलमा अनेक प्रश्न राखे । साहित्यकार पाण्डेले लेखन भनेको सन्त सुखाए मात्रै नभएको विचार राखे । यस्तै साहित्यकार उमा सुवेदीले नारी लेखकलाई लेखकको दर्जामा नै नगनिने अवस्था रहेको औल्याईन ।
‘आख्यानमा पहिचानका मुद्दा’ छलफलमा वक्ता अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलसमक्ष गुरुङ सुशान्तले गहन छलफल गरे । उनीहरुको निश्कर्षमा पछिल्ला समयमा कविता लेखन तथा प्रस्तुतिका शैली परिवर्तन भइरहेको औंल्याए । तर उनीहरू सबैले कविताका माध्यमद्वारा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
टीकापुर साहित्य महोत्सब साहित्यमार्फत सामाजिक सद्भावको नारा दिएर टीकापुरमै पहिलो पटक साहित्य समाजले महोत्सवको आयोजना छ । ०७२ को घटनापछि सामाजिक सद्भाव तथा भ्रातृत्व खलबलिएको मानिने टीकापुरमा पहिलो पटक आयोजित साहित्यिक महोत्सवले टीकापुरका बासिन्दाबीच भाइचारा अभिवृद्धि गराउन टेवा पुग्नेआयोजकको विश्वास छ ।













