टीकपुर साहित्य महोत्सव आजबाट शुरु, विभिन्न विधामा छलफल हुने
कैलाली, २५ चैत । टीकापुर साहित्य महोत्सव आजबाट शुरुहुने भएको छ । पहिलो पटक हुन लागेको सो महोत्सवमा सातवटा विधामा छलफल तथा प्रस्तुती हुने आयोजकले जनाएको छ ।
महोत्सवमा पहिलो प्रस्तुती साहित्यमार्फत सामाजिक सद्भाव विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको विद्धत प्रवचन हुनेछ । विहान १० बजेबाट शुरु हुने सो सत्र एक घण्टाको हुनेछ । दोस्रो सत्रमा साहित्य किन लेख्ने ? किन पढ्ने भन्ने विषयमा चल्नेछ । दोस्रो सत्रमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानी सिंह थारु र सहजीकरण दीपक सापकोटाले गर्नेछन् ।
महोत्सवमा तेस्रो सत्रमा बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती विषयमा उमा बादी, उन्नति चौधरी र कल्पना भट्ट बीच छलफल हुनेछ त्यसको सहजीकरण बरिष्ठ पत्रकार आरती चटौतले गर्नेछन् ।
यस्तै चौथो सत्र नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीबीच यज्ञशको सहजीकरणमा पाठकको रोजइमा उपन्यास नै किन ? भन्ने विषयमा केन्द्रीत रहनेछ पाचौँ सत्रमा आख्यानमा पहिचानका मुद्दा विषयमा हुनेछ । जसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका विच छलफल हुनेछ । पाचौँ सत्रलाई गुरुङ सुशान्तले सहजीकरण गर्नेछन् ।
कार्यक्रमको छैठौ सत्रमा गद्यकविताको शक्तिका विषयमा हुनेछ । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाहबीच हुनेछ । गद्यकविताबारे कार्यक्रम नविन अभिलाषीले सहजीकरण गर्नेछन् । सातौँ सत्रमा घनश्याम खड्काको सहजीकरणमा बाटो बिराएको आजको शिक्षाबारे हुनेछ । त्यसमा डाक्टर सञ्जीव उप्रेती, प्रा. डा. भारती जोशीबीच सहजीकरण हुनेछ ।
५ बजेपछि कार्यक्रममा काव्य सन्ध्या आयोजना हुनेछ । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गर्नुहुने साहित्य समाजका सचिव बाबु देवकोटाले जानकारी दिए ।













