कैलारी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर परिक्षणबारे निशुल्क शिविर
कैलाली, २२ चैत । कैलारी गाउँ पालिकाको विभिन्न वडाहरुमा चारदिन निशुल्क स्जास्थ्य परिक्षण सेवा सञ्चालन भएके छ ।
पालिकाको स्वास्थ्य शाखा, ओरेक नेपाल कैलाली र सहास नेपाल को संयुक्त आयोजनामा १० वर्ष पछि सम्म देखिन सक्ने सम्भावित पाठेघरको मुखको क्यान्सर परिक्षण सेवाबारे निशुल्क सेवा शिविर सञ्चालन भएको हो ।
यहि चैत् २० गते रतनपुर, २१ गते उदासीपुर, २२ गते गदरीया र २३ गते हसुलिया स्वास्थ्यचौकी, टिसेन कैलालीमा शिविर सञ्चालन भएको ओरेक कैलाली कार्यक्रम अधिकृत गिता चौधरीले जानकारी दिईन् ।

उनका अनुसार शिविरमा यौन रोग सम्बन्धी उपचार, रिङ्ग पेसरी सेवा लगायत लैंगिक हिंसाले महिला को प्रजनन स्वास्थ्य मा पार्ने असर तथा घरेलु जडिबुटीको जथाभावि प्रयोग गर्दा हुने असरबारे जानकारी दिएको छ ।














