बरघर भल्मन्सालाई कानुन तथा मानव अधिकारबारे सचेतना
कैलाली, १० चैत । कैलालीमा अहिलेपनि स्थानीय न्यायिक समितिको न्यायसम्पादन प्रक्रियामा अगुवा भल्मन्सा, बरघरहरु सहयोगी भूमिका खेल्दै आएका छन् । उनीहरु परम्परागत सामाजिक न्यायमा सक्रिय छन् । तर उनीहरुलाई केही न्यायक जटिलता आईपरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्
सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिकको सहयोमा थारु कल्याणकारीणि सभा कैलालीले आयोजना गरेको बरघर, भल्मन्सा, सुढेनी, चिराकी गुरुवालाई एक ठाउँमा भेला गरि कानून तथा मानव अधिकारबारे सचेतना कार्यक्रम गरेको थियो ।
कार्यक्रममा कैलालीका धेरैजसो स्थानीय पालिकामा न्यायिक समितिले पनि न्याय सम्पादन प्रक्रियामा भलमन्सा र बरघरको सहयोग लिने गरेको सहभागिहरुको भनाई थियो ।
स्थानीय न्यायिक समितिले ऐनले तोकेका विषय वा विवादमा पक्ष, विपक्ष दुवैलाई आमुन्नेसामसन्ने राखेर छलफल गर्ने र मेलमिलाप गराउने भलमन्साहरुके भुमिका रहेपनि उनीहरुलाई काम गर्ने क्रममा केही कानूनी जटिलता आइपर्ने बताएका थिए ।
सोही सन्दर्भमा अधिवक्त जोहारीलाल चौधरी गाउँका अगुवा, भल्मन्सा गुरुवा लगायतले के कस्तो मुद्धामा सहजीकरण गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । उनले फौजदारी मुद्धामा भल्मन्साहरु सहजिकरण नगर्न अुनुरोध समेत गरेका थिए ।
भल्मन्साहरुले फौजदारी मुद्दा बाहेक गाउँघरमा सिर्जना हुने विवादको समाधानकोलागि पनि संविधानको ऐनलाई मध्यनजरगरि सहजीकरण गर्नुपर्ने बताए । साथै कस्तो मुद्धामा संविधानले कस्तो कानून निर्माण गरेको छ भन्ने बारेपनि जानकारी दिए ।

यस्तै राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरि ज्ञवालीले मानव अधिकार, सिद्धान्त, अधिकारका वर्गिकरण, संबैधानिक व्यवस्था, राज्यको दायित्व लगयत विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा इन्दु थारुले समसामयिक साँस्कृतिक, सामाजिक अवस्था र नेतृत्व विकासको बारेमा सहजीकरण गरेका थिए भने थारु नागरिक समाजका दिलबहादुर चौधरी भल्मन्साको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौध्री, उपाध्यक्ष रेखादेबी कठरिया थारु कल्याणकारीणि सभाका केन्द्रीय सदस्य प्रभात चौधरी, रामचरण चौधरी, थारु नागरिक समाजका बसन्ती चौधरी, आर्थिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत महेश चौधरी लगायतको सहभागिता रहेको थियो ।













