‘नेपाल–भारतका थारुबिच कार्यगत एकता हुन जरुरी छ’

बर्दिया, ४ चैत । राजनैतिक, आर्थिक सामाजिक र शैक्षिकरुपमा नेपाल र भारतका थारु बिच कार्यगत एकता हुन जरुरी रहेको पूर्व शिक्षा मन्त्री तेजुलाल चौधरीले बताएका छन् ।

थारु अन्तराष्ट्रिय महासभाको आयोजनामा प्रथम अन्तराष्ट्रिय थारु सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले नेपाल र भारतका थारुहरुबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै काम गर्दा सहकार्य र समन्वय हुन आश्यक रहेको बताए ।

नेपालका थारु शिक्षा क्षेत्रमा अन्य समुदाय भन्दा पछाडी पारिएको हुँदा भारतका थारुहरुले छात्राबृत्ति कार्यक्रममा लगानी गरेर सहयोग गर्नसक्ने अनुरोध गरे ।

मन्त्री थारुले दुई देशका थारुहरु सीमारक्षक रहेको बताउदै एक देशका थारु अर्को देशमा भ्रमण गरि सम्बन्धलाई अझ मजबुद बनाउनुपर्ने धारण व्यक्त गरे । कार्यक्रममा नेपाल भारतका थारु अगुवा, बुद्धिजीवि, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।