सरकार गठनमा महिलाको अस्तित्व

प्रदेशकै कान्छी सांसद गिता चौधरी मन्त्री बन्न पाउछिन् त ?

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन व्यवस्था लागू भएको डेढ दशक भएको छ । तर राज्यका प्रमुख पदमा भने पुरुष–पुरुषै चयन गर्ने परम्परा भने हटेको छैन । नेपाली जनताले तेस्रो पटक नयाँ राष्ट्रपति पनि पाइसकेका छन् । यहि फागुन २५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए। अहिले राज्यको कार्यकारी प्रमुखमा पनि पुरुष नै छन् । नेकपा (एमाले) सहित ६ दलको समर्थनमा पुस १० गते पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए ।

संघीय संसद्का दुवै सदनको प्रमुख पनि खस आर्य पुरुष नै छन्। प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना । न्यायापालिका पनि पुरुष कै नेतृत्वमा छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अवकास पाएपछि प्रधानन्यायाधीश नियुक्त भइसकेको छैन। अहिले हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन्।

यसरी राज्यले प्रमुख पदमा पुरुषै पुरुष त्योपनि उपल्लो वर्ग र जातका मात्रै । संघीय सरकारको राजनीति हेर्दा लाग्छ हाम्रो देशमा महिला, आदीबासी जानजाती, दलित, मुस्लिम लगायत सिमान्तकृत समुदायको लागि त बढिमा ‘उप’ पद मात्रै त हो । संघ, प्रदेश र स्थानीय सरकारलाई नियालेर हेर्दा गठबन्धनको नाममा सबै उपल्लो वर्गले मात्रै शासन गरिरहेको देखिन्छ । बाँकीलाई त कोरम पुगाउनकोलागि मात्रै त हो ।

लेखक : उन्नती चौधरी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भन्दा ठूलो दल नेपाली काँग्रेसबाट कमल बहादुर शाह छन् । यहाँ कांग्रेस नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादीका र स्वतन्त्र मिलेर प्रदेश सरकार बनेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद मध्ये १९ जना महिला छन् ।

उसरी त सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एक जनापनि महिला सांसद बन्न पाएनन् । राजनीतिक दललेपनि आफ्नो पकड भएको क्षेत्रमा पुरुष उम्मेदवार नै उठाएको कारण महिलाहरु समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै संसद बन्न पाए । अहिले सबै भन्दा ठूलो दल नेपाली काँग्रेसबाट ७ जना महिला सांसद छन् । यस्तै माओवादी पार्टीबाट ३ नेकपा एमालेबाट ४ एकिकृत सामाजबादीबाट १ नागरिक उन्मुक्तिबाट २ र राप्रपबाट १ जना गरि १९ महिला सांसद संसदीय अभ्यासमा छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्विाचित ५३ जना सांसदहरू शपथग्रहणकालागि जब पुस १५ मा प्रदेशसभा परिसर पुगे त्यतिबेलाको माहोल निकै उत्साहित थियो । महिला सांसदहरुको अनुहार क्यामरामा कैद गरेको देख्दा लाग्यो अब उहाँहरुले नै प्रदेशको मन्त्रलाय समाल्नु हुन्छ, पर्छ पनि । महिलाहरु राज्यमन्त्री वा उपसभामुखमा मात्रै सिमित हुनु हुदैन । पढाईको हिसाबले पनि यसपाली एमए गरेका महिलाहरु सांसद बन्न सफल भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने छ ।

नेपाली काँग्रेस अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस नै हो । जहाँ १९ सांसद मध्ये १ जना मात्रै थारु समुदायबाट सांसद बन्न सफल भएका हुन् गिता चौधरी । उनी नेतृत्व समाल्न सक्षम छिन् । जिम्मेवारी पाएपछि राम्रोसंग मन्त्रलाय हाक्न सक्ने क्षमता छ उनीमा । पढाईको हिसाबलेपनि एमए गरेकी छिन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ सिंहपुरीमा जन्मेका उनी अहिले ३२ वर्षको भईन् । कांग्रेसबाट थारू समुदायको नेतृत्व गर्ने एक्ली सांसदको रुपमा मात्रै परिचित नभई प्रदेशकै कान्छी सांसदमा गन्न सफल भएकी छिन्  । उनी यूवा सांसद हुन् । जसले गर्दा उनी यूवा, महिला, आदीबासी थारु लगायत सिमान्तकृत वर्गको अवाज बन्न सक्ने जनप्रतिनिधि हुन् । प्रदेश सभाको पहिलो दिन थारु पोसाक र गहनामा उपस्थित भएपछि सिंगो थारु समुदायलाई नै उहाँप्रतिको आशा र भरोसा जागेको छ ।

सानै उमेरदेखि नै बाजे र बुवाको राजनीतिबाट प्रभाबित भई राजनीतिक यात्रा तय गरेकी उनी २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट सुदुरपश्चिम् प्रदेश सभा सदस्य मा समानुपातिक उमेदवार थिईन् तर सांसद बन्न पाईन् । १६ वर्षको कलिलो उमेरमै उनी आफू पढेको स्कुलमा ६ वर्ष सम्म शिक्षिण पेशामा आवद्ध भई सामाजिक क्षेत्रमापनि निकै उत्साहित भएर निरन्तर जनताको समस्यासंग हातेमालो गरेको जनप्रतिनिधि हुन् ।

३ वर्ष सिंहपुर सामुदायिक बनको कोषाध्यक्ष, २ बर्ष कार्यालय सचिब हुँदै विद्युत सहकारीको सचिब, कञ्चनपुर सिचाई परियोजनाको कोषाध्यक्ष, सिंहपुर युवा कलब को सचिब, कञ्चनपुर प्रधानमन्त्री धान जोन को सह–संयोजक भएर काम गरेको अनुभव छ उनीसंग ।
उनको पारिवारिक पृष्ठभूमि कृषि नै हो । जसले गर्दा कृर्षकहरुको पीडापनि राम्रोसंग नियालेकी छिन् । त्यति मात्रै होईन । विबाह पश्चात उनी र कञ्चनपुरमै निमेष अस्पताल समेत सञ्चालनमा ल्याएका छिन् । जसले गर्दा स्वास्थ्य क्षेत्रमापनि उनको राम्रो अनुभव छ ।

मैले यो लेखिरहँदा सांसद गिता चनैधरीको पक्षपोषण अवश्य गरेको होईन । तर प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले नै गरिरहेको हुँदा मन्त्रालय बाँडफाँडमा नेपाली काँग्रेसको भागबन्डामा अलि बढी नै मन्त्रालय पर्न सक्छ । जसले गर्दा काँग्रेसको भागमा परेको मन्त्रलायको जिम्मेवारी गिता जस्ता सक्षम पात्रले पनि पाउँनुपर्छ ।

उहाँले कुनै मन्त्रलायको जिम्मेवारी पाएको खण्डमा प्रदेशकै सिंगो थारु समुदाय मात्रै नभई प्रदेशका समग्र महिला, यूवा तथा सिमान्तकृत समुदायले नै न्याय पाएको महशुस गर्नेछन् ।