कठरिया संस्कृति संरक्षणकालागि चेत १ गते होरी विशेष खखडेहरा कार्यक्रम हुने
धनगढी, २९ फागुन । सुदूरपश्चिमको कैलाली जिल्लामा मात्रै बसोबास गर्द आईरहेका ठरिया समुदाय आफ्नो कला संस्कृति संरक्षणकोलागि होरी विशेष खखडेहरा कार्यक्रम गर्ने भएका छन् । कैलारीको कैलारी गाउँपालिका–८ स्थित लौसा गाउँमा होरी पर्व विशेष खखडेहरा कार्यक्रम हुने भएको हो ।
कठरिया थारु समुदायको होरी पर्वको अवसरमा चैत १ गते सो कार्यक्रम हुन लागेको हो । लौसा गाउँ समाज होरी विशेष खखडेहरा कार्यक्रम मूल आयोजक कमिटीको आयोजनामा कार्यक्रम हुने जनाइएको छ ।
कठरिया समुदायको भाषा, संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ खखडेहरा कार्यक्रम आयोजन गर्न लागेको लौटन कठरियाले जानकारी दिए । कार्यक्रममा कठरिया थारु समुदायको फुगई (होली) र खखडेहराको बारेमा जानकारीसहित विभिन्न नाच, गीत प्रस्तुत गरिने जनाइएको छ ।
कैलारी गाउँपालिकाको आर्थिक सहयोग तथा जनकल्याण युवा क्लवको प्राविधिक सहयोगमा हुन लागेको कार्यक्रममा जिल्लाका कठरिया समुदायको उत्साहजनक सहभागिता रहने आयोजकले जनाएको छ ।













