ओरेक कैलालीको अफिसमा पिडक पक्षले गरे तोडफोड

कैलाली, २६ फागुन । महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) कैलाली शाखाको अफिसमा तोडफोड भएको छ ।

ओरेक नेपाल कैलालीले विगत लामो समयदेखि हिंसाबाट प्रभावितहरुलाई सुरक्षित अवासको सेवा उपलब्ध गराउँदै आईरहेको छ । गोदाबरी नगरपालिका ५ गेटाका २५ वर्षीय टीकाराम भण्डारीको श्रीमति घरेलु हिंसाबाट प्रभावित भएर ओरेक नेपालको सुरक्षित अवासगृहमा बस्दै आएकी थिईन् ।

भण्डारीले शुक्रबार अफिसमै गएर आफ्नो श्रीमतिलाई लिन आएको भन्दै उपद्र व्यवहार गर्न थालेपछि संयोजक विणु रानाले सम्झाई बुझाई अफिस भन्दा बाहिर पठाएको रानाले जानकारी दिईन् ।

उनका अनुसार भण्डारीलाई बाहिर पठाएर आफू कर्मचारीलाई लिएर अफिस भित्र ढोका लगाएर बसेको र बाहिरबाट भण्डारी ढुंगा हानेर तोडफोड गरेको हो । अफिसको झ्यालमा लगाइएको सिसा तोडफोड भएको रानाले बताईन् ।