उपराष्ट्रपतिका उम्मेदवारको लागि रञ्जिता श्रेष्ठको उमेर पुगेन
कैलाली, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपनि पनि अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर बाधक बन्न पुग्यो ।
नागरिक उन्मुक्ति पार्टीले शुक्रबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो तर नागरिकता अनुसार उनको उमेर अपुग भएको देखिएके छ । उनी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।
संविधानअनुसार, उपराष्ट्रपतिको उम्मेदवार हुन ४५ वर्ष उमेर पुगेको हुनुपर्छ। संविधानको धारा ६९ मा ‘उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ’ भनिएको छ।













