कक्षा १२ मा अध्ययनरत सागर खनालले बनाए एसपीए ईभीकार

कैलाली, २४ फागुन । एसपीए कलेजमा अध्ययनरत सागर खनालले एसपीए ईभी मोडल कार बनाएका छन् । विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत खनालले उक्त कार बनाएका हुन । उनलाई कार बनाउन ६ महिनाको समय लागेको थियो ।

कार निर्माणमा रु ३ लाख रुपैयाँ लागेको सागर बताउँछन् । उनले कार निर्माणको सम्पुर्ण खर्च एसपीए कलेजले नै व्यहोरेको जानकारी दिए ।
सागरका अनुसार कारलाई एक पटक चार्ज गरे ८० देखि एक सय किलोमिटर सम्म चल्न सक्छ । कार स्टार्ट गर्नका चाबीसँगै सेक्यूरेटी नम्बर पनि बनाएकोछ । यसले गर्दा कार चोरी हुने सम्भावना कम रहेको खनालले बताए ।

कारमा फोल्डीङ सिटको व्यवस्था गरिएको छ भने सिटहरू आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिन्छ । चालकलाई अगाडी पछाडी हेर्न सजिलो होस् भनि कारमा क्यामराकोपनि प्रयोग गरिएको छ ।