प्रदेश मुख्यमन्त्री शाह भोली १ बजे विश्वासको मत लिने
कैैलाली, २० फागुन । सुदूरपश्चिमम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोली (२१ गते) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन सरकारको नेतृत्व गरिरहेको कांग्रेससहित सबै दलका नेताहरू शुक्रबार साँझासम्म केन्द्रको निर्देशन पर्खेर बसेका थिए ।
राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर शुक्रबार गठबन्धनमा रहेका दलका सांसदहरू कैलालीको गोदावरीमा घनिभूत छलफल गरेको सांसद गिता चौधरीले जानकारी दिईन् । उनका अनुफागुन २१ गते दिउसो १ बजे विश्वासको मत लिने निर्णय भएको जानकारी दिईन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० (तीस) दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेका छ । सोही व्यवस्था अनुरुप २१ गते प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाई दिन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीबाट पत्र प्राप्त बमोजिम सभामुखले आदेशा दिएका छन् ।
सभामुखले आइतबार दिनको १:०० बजे प्रदेश सभाको वैठकमा सम्पूर्ण सांसदहरुलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको सांसद चौधरीले जानकारी दिईन् ।
२६ माघमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा शाहले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । केद्रमा फेरिएको समीकरणले प्रदेशका मुख्यमन्त्री शाह सुरक्षित छन् । यहाँ कांग्रेसका १९ र नेकपा एकीकृतका ४ सांसद छन् । यी दुई दल अहिले सरकारमा समेत समेटिएको छ ।
केन्द्रमा माओवादी र नागरिक उन्मुक्ति पनि मिसिएपछि शाह सरकार सुरक्षित भएको हो । सुदूरपश्चिममा माओवादीको सभामुख सहित ११ र नागरिक उन्मुक्तिको ७ सांसद छन् ।













