पत्रकार महासंघ सुदूरपश्चिमको साधारण सभा आज
कैलाली, २० फागुन । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको तेस्रो साधारण आज हुँदै छ ।
कैलालीको गोदाबरी नगरपालिकास्थित शालिना बाटीकामा साधारण सभा हुन लागेको हो ।
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल शाहको प्रमुख अतिथ्यमा हुन लागेको कार्यक्रममा महासंघका केन्द्रीय महासचिव रोशन पुरी, महासंघका प्रदेश परिषद सदस्यलगायतको सहभागिता रहने समितिकी उपाध्यक्ष रेणु कार्कीले जनाइन् ।













