कैलारीको हिउँदे अधिवेशनबाट पाँच वटा विधेयक पारित

धनगढी, १९ फागुन । कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सम्पन्न हिउँदे अधिबेशनबाट पाँच वटा विधेयक पारित भएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको हिउँदे अधिबेशनको चौथौ सभा बैंठकमा विधेयक समितिका संयोजक विकास चौधरीले पेश गरेका पाँच वटा विधेयक पारित भएका हु्न ।

हिउँदे अधिवेशनबाट कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्य विधि २०७९, कैलारी गाउँपालिकाको सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, कैलारी गाउँपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७९, कैलारी गाउँपालिकाको न्यायिक समिति संचालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ सर्वसम्मत पारित भएको छ ।

सभाका सदस्यहरुले कैलारी गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह, सुशासन, सामाजिक न्यायको स्थापना, लक्षित तथा विपिन्न समुदायको जीवनसंग सम्बन्धित सवाल उठाइएकाले सम्बोधनका लागि प्रतिवद्ध रहेको अध्यक्षले बताए ।