एसपीएका विद्यार्थीलाई अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर
धनगढी, १६ फागुन । अमेरिकाको विस्कन्सिनस्थित पाँचतारे होटल हयात रेजेन्सीमा एसपीए कलेजका विद्यार्थी सिर्जना खड्काले पेड इन्टर्नसिपको अवसर पाएकी छिन् ।
कलेजका बीएचएम दोस्रो ब्याचकी विद्यार्थी सिर्जनाले हयात रेजेन्सी, ग्रीन वेमा एक वर्षकालागि इन्टर्नसिपको अवसर पाएका हुन् । उनी महिनाको दुई लाख बढी पारिश्रमिक पाउँनेछिन् । उनले भिसा समेत प्राप्त गरिसकेको बताएकी छिन् ।
‘अमेरिकामा इन्टनर्सिपका लागि मैले निकै लामो संघर्ष गरेकी थिएँ । आफ्नो सपना पूरा भईरहेको महसुस भएको छ,’ सिर्जनाले भनिन्, ‘मलाई कलेजले हरेक स्टेपमा साथ दिएर यो सम्भव भएको हो । बीएचएम तथा कलेज परिवारप्रति आभारी छु । त्यहाँ गएर नेपाल र एसपीएको नाम उच्च राख्न हरसम्भव प्रयास गर्नेछु ।’
यसअघि एसपीएका विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टनसिपको अवसर पाएपनि अमेरिकामा इन्टनसिपको अवसर पाएको भने यो पहिलोपल्ट हो ।
आफ्नो विद्यार्थीको सपना साकार भएको देख्दा कलेज परिवार र व्यक्तिगत रुपमा आफूलाई अपार खुशी महसुस भईरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।
‘अमेरिका हरकोहीको सपनाको देश हो । कतिजना थुप्रै प्रयासमा पनि सफलता पाउँन सक्दैनन,’ उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । सोहीकारण पहिलो प्रयासमै अमेरिकाको प्रशिद्ध होटलमा हाम्रा विद्यार्थी एसेप्ट हुनु हाम्रा लागि गौरवको कुरा हो । उहाँको आगामी भविष्यको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।’
क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानका कारणले पनि यहाँ अध्ययनरत् विद्यार्थीहरुले राम्रो अवसरहरु पाइरहेको क्याम्पसप्रमुख उपाध्यायले बताए । एसपीएले तीन महिनाअघिमात्रै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रीन कलेज अवार्ड समेत पाएको थियो ।













