युवाहरुलाई लागू औषधबाट जोगाउनु पर्छ : सांसद अरुण चौधरी
काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीले युवाहरुलाई लागू औषधबाट जोगाउनु पर्ने बताए । प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशका युवाहरुलाई लागू औषधबाट जोगाउनुपर्ने बताएका हुन् ।
यूवाहरुमा लागुऔषधको प्रयोग बढ्दै गएको भन्दै सांसद चौधरीले संसद्को ध्यानाकर्षण गराएका छन् । ‘यहाँ प्रेम आचार्यको कुरा आउँछ ।
वास्तवमा भन्ने हो भने युवा दुव्र्यसनीमा फस्नुको मूल कारण अहिलेको आर्थिक अवस्था हो । लागू औषध नियन्त्रणका लागि सरकारको ध्यान जाओस्, ।’













