बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन
धनगढी, ९ फागुन । कैलालीका व्यवसायीहरु आन्दोलित भएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रेका हुन्।बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बन्दै गएको भन्दै आफ्ना माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।













