सांसद चन्द्र भण्डारीकी आमाको निधन
काठमाडौं, ४ फागुन । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।
कीर्तिपुर अस्पतालमा उपचाररत हरिकलाको बिहीबार बिहान १०ः५७ बजे निधन भएको हो। उनको उपचारका क्रममा निधन भएको अस्पतालकी निर्देशक डा। निजिमा ताम्राकारले जानकारी दिइन्।
गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि राति नै कीर्तिपुर अस्पताल लगिएको थियो।
नेता भण्डारीकी आमाको शरीर ७० प्रतिशत जलेको थियो। उनलाई उपचारका लागि भारत लग्ने तयारी भइरहेको थियो।
प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारीको उपचार चलिरहेको छ। उनलाई थप उपचारका लागि भारत लग्ने तयारी भइरहेको छ।













