‘म फरार होइन न्याय चाहिन्छ’ : सांसद अरुण (भिडियो सहित)
कैलाली, ३ फागुन । प्रतिनिधि सभा सदस्य अरुण चौधरी जिल्ला अदालतबाट बयान दिएर कारागार फर्किदै गर्दा बयान दिएर कारागार फर्किँदै गर्दै ‘म फरार होइन न्याय चाहिन्छ’ भने ।
सांसद चौधरीले १० बर्ष पहिले भएको फैसला बारे आफूलाई जानकारी नभएको बताउदै आफू कैहिलै फरार नरहेको हुँदा न्यायका लागि अपिल गरेको बताए ।
‘मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए, म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनले आफूलाई उक्त फैसला बारे जानकारी नभएको आज अदालतलाई समेत बयान दिएका थिए । उनले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्धा किनारा लाग्ने बताए।













