विश्व रेडियो दिवस मनाईयो
कैलाली, १ फागुन । व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिम प्रदेशको आयोजनामा रेडियो दिवस मनाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विश्व रेडियो दिवस मनाइएको हो ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री नरेश शाहीको प्रमुख आतिथ्यतामा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर विशिष्ट अतिथि थिए । कार्यक्रममा वक्ताहरुले पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिदै गएको र रेडियोमा आश्रीत पत्रकारहरु पलायन हुन थालेको बताउँदै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
रेडियो दिवस संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा भने विक्रम संवत् २००३ सालदेखि रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा ल्याइएको थियो । २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो । कार्यक्रमको अध्यक्ष बानका प्रदेश अध्यक्ष अमिता कुँवरको अध्यक्षतामा आयोजना गरिएको थियो ।













