धनगढीमा सूचना प्रविधि प्रदर्शन ‘मेला’ २०७९ हुने
कैलाली, १ फागुन । कैलालीको धनगढीमा सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म प्रदर्शनी सञ्चालन हुने भएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रदर्शनीको यो दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन । आयोजक एसोसियनसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए ।
सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए ।
इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।













