आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक बिदा
कैलाली, १ फागुन । माओवादीले आजकै दिन सशस्त्र जनयुद्धको सुरुआत गरे थिए । त्यहि सम्झनामा आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।
शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि छन् ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंले ज्यान गुमाउनु परेको थियो । त्यति मात्रै होईन । घाइते बेपत्ता हुनेहरुको संख्यापनि ठूलो थियो ।














