प्रधानमन्त्री प्रचण्ड आज साढे ६ घण्टा सुदूरपश्चिममा रहने (यस्तो छ भ्रमण तालिका)

कैलाली, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साढे ६ घण्टाको समय सुदूरपश्चिमकोलागि छुट्याएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक सुदूरपश्चिम आउँदैछन् ।

बिहान ८:३० बजे नेपाली सेनाको जहाजबाट धनगढी आउन लागेका हुन् । त्यो भन्दा पहिले उनी पेरिस डाँडामा जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने छन् ।

प्रधानमन्त्री प्रचण्ड १० बजे धनगढी पुग्ने र १०:४५ सम्म गेटा स्थित मेडिकल कलेजको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यस लगत्तै महेन्द्रनगर प्रस्थान गर्ने छन् ।

महेन्द्रनगरको सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर २:३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड २:४५ मा कञ्चनपुर महोत्सवलाई सम्बोधन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

यस्तो छ भ्रमण तालिका