फागुन १ गते देशभरि सार्वजनिक बिदा
काठमाडौं २९ माघ । सरकारले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी मन्त्रिपरिषद्को बैठकले फागुन १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
२०५२ फागुन १ गते माओवादीले सशस्त्र द्वन्द्व शुरू गरेको थियो। त्यसको नेतृत्व गरेको नेकपा ९माओवादी केन्द्र०ले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएको छ।
अहिले माओवादीले नेतृत्वकै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवा बाहेक देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।















