भजनी नगरपालिकामा बडघर समितिको खोजनीबोझनी
कैलाली २८ माघ । भजनी नगरपालिकाले पालिका स्तरीय भलमन्सा तथा बडघर समितिको खोजनिबोझनी (भुरा खेल) सम्पन्न गरेको छ । खोजनिबोझनीबाट राम किसन चौधरीको नेतृत्वमा १७ सदस्यी कमिति चयन भएको छ ।
भलमन्सा तथा बडघर समितिका उपाध्यक्षमा वडा नं. ८ सुनाफाटाका कृष्ण देवी चौधरी सचीवमा वडा नं. १ गौनहियाका देश राज चौधरी, सह सचीवमा वडा नं. ६ का राम चन्द्र चौधरी र कोषाध्यक्षमा वडा नं. ४ खैलाडका विजय कुमार महतौ सर्वसहमत चयन भएका छन् ।
यस्तै सदस्यमा लालबहादुर चौधरी, देवी प्रसाद चौधरी, अशोक कुमार चौधरी, सीता राम महतौ, हरि बहादुर चौधरी, उषा देवी बस्नेत, देवि प्रसाद लोनिया, पति राम चौधरी, विनोद चौधरी चयन भएका छन् । तीन जनालाई अर्को बैठकले मनोनीत गर्ने पालिका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।














