रेशमलाई छुटाउन पहल गर्ने मुख्यमन्त्री शाहको आश्वासन

धनगढी, २८ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले रेशमलाई जेलबाट छुटाउन पहल गर्ने अश्वासन दिएका छन् । मुख्यमन्त्री शाह रशेम को घरमै पुगेर उनका आमा र परिवारका अन्य सदस्यलाई भेटेका थिए ।

भेटमा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिए । ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके ।’