राष्ट्रिय महिला हक्कीमा लुम्बिनीको लगातार दोस्रो जित

धनुषा, २४ माघ । महिला राष्ट्रिय हक्की प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा मधेस प्रदेशलाई २-० ले हराउँदै लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको हो।

मंगलबार भएको तेस्रो खेलमा लुम्बिनीका लागि पूजा कुमारी र अनन्या बरुवालले समान १(१ गाले गरिन्। मधेस प्रदेशका खेलाडीहरूले अन्तिम समयसम्म गोल गर्ने प्रयास गरे पनि बललाई पोस्टको दिशा दिन सकेनन्।

त्यसअघि मगलबारै भएको पहिलो र दोस्रो खेलमा क्रमश सुदुरपश्चिम र गण्डकी प्रदेशले जित हात पारेको थियो।

बागमतीविरुद्ध पहिलो खेल खेलेका सुदूरपश्चिम ७-० गोल अन्तरले विजयी भए। सुदूरपश्चिमका लागि लक्ष्मी बलमे २, सुनिता नेगी २, आशिका एस, विमला नेगी र सरिता डमगडले समान एक-एक गोल गरिन्।

यस्तै, प्रदेश १ र गण्डकी प्रदेशबीच भएको दोस्रो खेलमा ७(० गोल अन्तरको सहज जित निकाले। गण्डकीका लागि सोनु बरालले २, सपना सिंहले २, अन्जली कुमारी, ज्योती काफ्ले र सबिता पुन मगरले समान एक(एक गोल गर्दा प्रदेश १ का खेलाडीहरु निरिह बने। यो खेलसँगै प्रदेश १ प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण सोमबारबाट धनुषाको मिथिला नगरपालिकामा सुरु भएको हो।

नेपाल हक्की संघ तथा स्थानीय मिथिला नगरपालिकाको आयोजनामा जारी प्रतियोगिता विगत चार वर्षदेखि स्मृति दिवसमा आयोजना हुँदै आएको छ।

प्रतियोगिताको तेस्रो दिन बुधबार पहिलो खेल बागमतीविरुद्ध नेपाल आर्मी, दोस्रो खेल लुम्बिनीविरुद्ध गण्डकी र तेस्रो खेल प्रदेश १ विरुद्ध मधेस प्रदेश बीच हुने नेपाल हक्की संघका केन्द्रीय सदस्यसमेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।