नास्ट कलेजको अयोजनामा ६० जनाले गरे रक्तदान

कैलाली, १८ माघ । नास्ट कलेज कैलालीले २३औं वर्षिकोत्सवको अवसरमा ६० जनाले रक्तदान गरेका छन् । नास्ट रेडक्रस सर्कलको आयोजनामा यस एकेडेमीका विभागिय प्रमुख, उपप्रमुख, कर्मचारी र विद्यार्थीले रक्तदान गरेको सूचना सम्प्रेसन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार शिक्षक नायक रमेश चन्द भण्डारी र रमेश खड्काको संयोजनमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि नास्टका प्रबन्ध निर्देशक शिवहरी मुडभरी शर्मा रहेका थिए । उनले नास्ट एकेडेमी विभिन्न अवसर पारे सामाजिक कामहरु गर्दै आइरहेको बताए ।

प्रबन्ध निर्देशक मुडभरीले नास्टको वार्षिकोत्सवको अवसर रक्तदान गर्ने सम्पूर्णलाई धन्यबाद दिदै रक्तदान गर्नु नै जीवनदान रहेको बताउँदै रगत दिन मिल्ने जो सुकैले अवधि पुगेपछि दान गरिहाल्न सुझाव दिए ।