टीकापुर घटनाको आज हुने पेसी सर्वोच्चको गोलापर्थाबाटै स्थगित
कैलाली, १७ माघ । टीकापुर घटनाको आज हुने पेसी सर्वोच्च अदालतले गोलापर्थाबाटै स्थगित गरिएको छ । यस अघि ८ पटक सम्म साधारण तारिक र दूई पटक स्थगित, दुई पटक हेर्न नभ्याईने र एक पटक हेर्न नमिल्ने भन्दै पेसी सरिरहेको अधिवक्ता टीका बहादुर कुँवरले जानकारी दिए ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलनको भिडमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको ज्यान गएको थियो ।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यस लगत्तै फागुन १२ गते रेशम चौधरीको पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।













