यो हप्ता तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ, १४ माघ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिए ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ ।
नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य समेत सामान्य वृद्धि देखिएको छ । सातामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको थियो ।













