फुटकरमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रतिबन्ध

धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशमा फूटकर (बोतल) मा पेट्रोलियम पदार्थ बिक्री गर्न रोक लगाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको आधिकारिक बिक्रेता बाहेक अरुले पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने बताइएको हो ।

यसरी गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न रोक लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।उनले भने “कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ ।” विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्रीवितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनुका साथै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।