खर काट्न गएका महिला हात्तीको आक्रमणबाट घाइते

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खर काट्न गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ५५ वर्षीया लल्लु सार्की खर काट्न निकुञ्ज गएकी थिईन् । उनलाई जंगली हात्तिले अक्रमण गरेको थियो ।

प्रहरीले हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको महिलाको बेलौरी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।