माग पुरा नभएसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने : रञ्जिता
दाङ, ११ माघ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभएसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नदिने बताएको छ ।
नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका हुन् । तर अहिले उन्मुक्तिका पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताउँछिन् ।
मुख्य मन्त्रीले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण उनी अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति गराउन काठमाडौं पुगेका छन् ।
बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रञ्जिताले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’













