राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता
दाङ, ११ माघ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुदैछ ।
सो उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेलले उम्मेदवारी दिएका छन् । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् भने सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचनकोलागि प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेका छिन् । सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।













