बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प, एक महिलाको मृत्यू
कैलाली, १० माघ । सुदूरपश्चिम प्रदेश सहित नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार दिउँसो २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बाजुरा सहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसूस गरिएको बताइएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको मैला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराले भूकम्पमा परि बाजुरामा एक महिलाको ज्यान गएको बताए ।
जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु भएको हो । यस्तै भूकम्पमा परेर दुई जना घाइते भएका छन् ।













