बाजुराबाट महेन्द्रनगर ल्याउँदै गर्दा एक गर्भवती महिलाको मृत्यु

बाजुरा, १० माघ । बाजुरा अस्पतालबाट रेफर गरिएकी गर्भवती जानकी लुहारको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो।

उनी जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन पुगेकी थिईन् तर अस्पतालले त्यहाँ सुत्केरी गराउन नसकेपछि रेफर गरिएको थियो । जानकीका परिवारले उपचारकालागि बसमा लिएर महेन्द्रनगर आउँदै गर्दा बाटोमा मृत्यु भएको उनका श्रीमान रमेश विकले जानकारी दिए ।