नेपालका अधिकांश भूभागमा वर्षा, राति हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भागमा न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।