तालिम प्राप्त कुकुरबाट त्रिनगर भन्सार नाका अनुगमन

कैलाली, ९ माघ । कैलालीको त्रिनगर भन्सार नाकामा तालिम प्राप्त कुकुरबाट अनुगमन थालिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको सयूक्त टोलीले नाकामा अनुगमन गरेका हुन् ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको छ । वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागु औषधको ओसार पसारलाई रोक्न तालिम प्राप्त कुकुर ‘सेरा’ र ‘लिली’लाई लिएर अनुगमन गरिएको प्रहरीले जानकारी दिए ।