न्यायको खोजीमा निस्किएका रुबी खान सहितको टोली पक्राउ
काठमाडौं, ९ माघ । बाँकेका निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा होमिएका रुबी खानसहितका अधिकारकर्मीहरुको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । सो टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेको थियो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।













