५० प्रतिशत अनुदानमा किसानले पाए पावर ट्रिलर

कैलाली, ९ माघ । कृषि पेशालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यकासाथ कृषि ज्ञान केन्द्र कैलालीले अनुदानमा पावर टिलर उपलब्ध गराएके छ । धनगढी उपमहानगरपालिका–७, देवहरियाका किसानले ५० प्रतिशत अनुदानमा पावर ट्रिलर पाएका हुन् ।

देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर ट्रिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले बताए । उनले निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले एक कार्यक्रमका बीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको जानकारी दिए ।

आठ जना किसानले पाएको सो अनुदानमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ।