सिकलसेल र थाइलेसिमियालाई विशेष स्वास्थ्य प्याकेज हुनुपर्छ : मेयर ओझा

कञ्चनपुर, ६ माघ । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले पालिका भित्रका थारु समुदायमा देखिएका सिकलसेल एनिमिया र थाइलेसिमियाका बिरामीको लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने प्रतिवद्धता नाएका छन् ।

पालिकामा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थाइलेसिमियाको परीक्षण पछि नगरप्रमुख ओझाले यस क्षेत्रमा सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोगले विकराल रुप लिइरहेको बताए ।

उनका अनुसार यदि समयमै यस्ता रोगको निराकरण गर्न नसके कालान्तरमा थारु समुदाय निकै ठूलो समस्या आईपर्ने चिन्ता व्यक्त गरे । सिकलसेल एनिमिया तथा थाइलेसिमिया सम्बन्धि नगरपालिकाले विशेष योजनाका साथ छुट्टै युनिट नै खडा गरेर काम गर्ने बताएका हुन् ।

उनले यस क्षेत्रका भुमिपुत्रलाई जोगाउन सबैको दायित्व रहेको भन्दै यो रोग निराकरणका लागि सबैले आ(आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए