डिजिटल अधिकार एजेण्डा र प्राथमिकताबारे छलफल

कैलाली ३ माघ । पछिल्लो समय अधिकांश मान्छे डिजिटलको पहुचमा छन् तर त्यसबाट कतिको सुरक्षित छन् भन्ने विषयमा प्रायले ध्यान नदिएको देखिन्छ ।

त्यहि सन्दर्भमा डिजिटल राइट्स नेपालले डिजिटल अधिकार एजेण्डा र प्राथमिकताबारे धनगढीमा छलफल चलाएको छ ।

डिजिटल राइट्स नेपालका सन्तोष ढुंगानाले फेसबुक ट्यूटर, ईमेल, मोवाईल फोन तथा विभिन्न एपसबाट हाम्रो दैनिक जिवनमा भईरहेको घटना परिघटनाबारे प्रविधिको माध्यमबाट सहजैरुपले अरुले थहाँ पाईरहेको बताए । जुन कारण डिजिटलको पहुच त बढ्यो तर जोखिम पनि उत्तिकै बढ्ने गरेको सुनाए ।

उनले आफ्नो गोपनियतालाई कसरी सुरक्षित राख्नु पर्छ भन्ने बारे आफूले चलाई रहेको मोवाईल, ल्यापटप, विभिन्न सामाजिक सञ्जालको पासवर्डलाई सुरक्षित राख्न सुझाब दिए ।

पछिल्लो समयमा ठूला ठूला मार्टहरुले विभिन्न प्रलोभन देखाएर मेम्वरसिप दिने गरेको बताउँदै त्यो डिटेल्स् हामीलाई थहाँ नै नदिई अन्तै पुगिसकेको ढुंगानाले बताए ।

यस्तो जोखिम घटाउन नेपाल सरकारले विद्युत्तिय ऐन निर्माणगरि कार्यन्वय तर्फ ध्यान दिन आवश्यक रहेको छलफल भएको थियो ।