यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू आज रद्द
काठमाडौँ,२ माघ । पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरिएको छ ।
विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यती एयरलाइन्सले जानकारी दिइएको छ । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ ।
विमान दुर्घटना भएकोमा सरकारले आज अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।













