थारु समुदायमा यसरी मनाउछन् माघ
कैलाली १ माघ । माघेसंक्रान्ति थारु समुदायले मनाउँदै आएको (माघ) पर्व समुदाय अनुसार फरक फरक तरिकाले मनाउने गर्दछन् । सबैले आआफ्नो परम्पराअनुसार मनाउँछन्।
माघ १ गते का दिन थारु समुदायमा विशेषगरि ढिक्री पकाउछन् भने अन्य समुदायमा तिलको लड्डु, चाकु, घिउ, तरुल, शखरखण्ड, खिचडी खाने प्रचलन छ। थारु समुदायमा माघलाई नयाँ वर्षका रूपमा मनाउछन् । कैलाली, कञ्चनपुर दाङ, बाँके, बर्दियाका थारू गाउँबस्तीमा माघको रौनक नै बेग्लै हुन्छ ।
थारु समुदायमा पुसको अन्तिमदिन माछा, मासु लगायतका मिठो मिठो परिकार बनाएर खाने चलन छ । माघ गते विहानै नुहाई घुवाई गरि आफू भन्दा ठूलासंग अर्शिबाद दिने चलन कायमै छ ।
थारु समुदायमा माघ महिनामै नयाँ कामको सुरुवात र नयाँ व्यवस्था लागू गर्ने प्रचलन छ । जस्तै गाउँको अगुवा, भल्मन्सा, मतहवा, बरघर चुन्ने, वर्ष भरि गरिएको कामको समिक्षा गर्ने गर्दछन् ।













