न्यानो कपडा ओढाएर जेष्ठ नागरिकलाई सम्मान

कैलाली, २९ पुस । केही यता अत्याधिक चिसो बढेपछि जोशीपुर गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा ओढाएर सम्मान गरेको छ ।

जोशीपुर गाउँपालिका वडा नं ७ को आर्थिक वर्ष २०७९र८० को कार्यक्रम अन्र्तगत वडा भित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी चित्र बहादुर चौधरीले जेष्ठ नागरिकलाई कपडा ओढाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले न्यानो कपडाले जेष्ठ नागरिकलाई केही राहत महसुस हुने बताए । वडा अध्यक्ष बम बाहादुर शाहको अध्यक्षतामा भएको थियो