आफ्नो खुट्टामा उभिन सफल हुदैछ कर्मशिल सहकारी
धनगढी । कर्मशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १० वर्षपछि विस्तारै आफ्नो खुट्टामा उभिन सफल भईरहेको बताइएके छ । संस्थाको ११ औं साधारण सभामा यस्तो प्रतिक्रिया आएको हो ।
कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहामगरपालिका ८ का वडा अध्यक्ष जुगराम चौधरीले छोटो समयमा धेरै प्रगती भएको बताउदै भने ‘कर्मशिल सहकारी अब आफ्नो खुट्टामा उभिएको छ, विस्ता हिड्न पनि सक्छ । अबका दिनमा शेर सदस्य तथा उनीहरुले गरेको बचतले भविस्य सुनिश्चित हुन्छ ।’
उनका अनुसार सहकारीम बचत गरे जेष्ठ नागरिक तथा बुढेसकालको साहारा, गृहिणी महिलाकोलागि दैनिक जीवन तथा घर व्यवहार चलाउन सजिलो हुने बताए ।
सहकारीका संस्थापक अध्यक्ष राममणि चौधरीले ३५ जनाबाट सुरुवात भएको कर्मशिल सहकारीमा अहिले ६७८ जना शेयर लिन सफल हुनुका साथै आफ्नै जग्गा खरिद गरि भवन निर्माण गरेको देख्दा खुशी व्यक्त गरे ।
सहकारीका कोषाध्यक्ष दया शंकर चौधरीले २०७८÷०७९ के आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
६७८ जाने शेर सदस्य हुइल बटैं । इ सहकारीके अब्बे धनगढी ८ मे रहल कान्तिपुर टोलमे सहकारीके अपने भवन निर्माण हुइटी रहल बा ।
११ औं साधारण सभाबाट सहकारीले नयाँ शेर सदस्यहलाई प्रमाण पत्र दिएर सम्मान गरेको थियो ।













