मन्त्री सोडारीको कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक

धनगढी, पुस २६ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारीले आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्री सोडारीले साढे सात महिना मन्त्रालय सम्हालेका थिए । उनले सो अवधिमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

साढे सात महिनाको अवधिमा उनले प्रदेश गौरवका ९ वटा सडकहरू कालोपत्रे तथा स्तरोन्नति ,आफ्नो कार्यकालमा ३६९ किलोमिटर सडक कालोपत्रे गरेको बताए ।

यस्तै ६६ वटा सडक तथा पुल बहुबर्षीय ठेक्का स्वीकृति गरेको, डोटी, डडेल्धुराबाट सवारी लाइसेन्स सेवा कार्यालय स्थापना, धनगढी, क्याम्पस रोड देखि कैलाली पुल सडक कालोपत्रे गर्न ठेक्का आह्वान लगायतका कार्य मुख्य उपलब्धिका रूपमा लिइएको बताए ।